दमक/झापाको दमकस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन राजनीतिक दलहरुलाइ लागेको छ । उपभोक्ता संस्थाको निर्वाचनमा राजनीतिक दलहरु खुलेर भिडेकाछन् ।

नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी एकठाँउमाछन् भने नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल , नयाँ शक्ति पार्टी नेपाल, संघीय लिम्बुवान मञ्च अर्को कित्तामा उभिएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुइवटा प्यानल बनेको छ । काँग्रेस सहितको गठबन्धनले मंगलवार उम्मेदवारी घोषणा गरेको छ ।

संयुक्त लोकतान्त्रिक गठबन्धन टिमबाट क्षेत्रगत आधारमा वडा नं १ मा घनेन्द्रराज योङया, वडा नं ५ मा धनबहादुर भट्टराई, वडा नं ६ मा रोशन गौतम, ७ मा महेन्द्र लिम्बु , वडा नं ८ मा धिरेन लावती र ९ मा हरि सुवेदी उम्मेद्वार रहेको सार्वजनिक गरिएको छ ।

सबै राजनीतिक दलका स्थानीय नेताहरुको उपस्थितिमा तीन खुल्ला महिला सदस्यको कोटामा मिना कोइराला,पञ्चमाया राई र विष्णु कुमारी भट्टराई उम्मेदवार रहेको सार्वजनिक गरिएको छ ।

पुष २८ गते निर्वाचन तोकिएको छ ।