विष्णुप्रसाद पोखरेल
दमक/झापामा पहिलो पटक राष्ट्रपति बिद्यादेबी भण्डारी आउन लागेपछि यसको भब्य तयारी शुरु भएको छ ।
नेपालकै पहिलो कृषि पर्यटकीय क्षेत्र गौरादह ५ महारानीझोडाको एकीकृत नमुना सहकारी खेती स्थल र शिवसतासीको शिवगञ्जमा रहेको चन्दंडाँगी कृषि फर्म लगायतका क्षेत्रमा आज बुधबार कार्यक्रम रहेकोे छ ।
राष्ट्रपति आउने निश्चित भएपछि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भीम ढकाल लगायतका सुरक्षा अधिकारीहरुले कार्यक्रमस्थलहरुको अवलोकन गरेका थिए ।
आवश्यक सुरक्षा ब्यवस्था कडा पारिएको सुरक्षा श्रोतको दाबी रहेको छ । भण्डारी हेलिकप्टरबाट आउनेछिन् ।
एकीकृत सहकारी खेतीलाइ प्रवद्र्धन गरेको महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मीना ढकालका अनुसार नेपालको नै पहिलो कृषि पर्यटकीय क्षेत्रको रुपमा घोषित यस क्षेत्रमा राष्ट्रपति आउने भएपछि किसानहरु उत्साहित बनेर स्वागतका लागि भब्य तयारी शुरु भएको छ ।
यो हाम्रो लागि गौरवको विषय हो र किसानहरुका लागि समेत एउटा ठुलो उपलब्धि हो, ढकालले भनिन् ।










