विष्णुप्रसाद पोखरेल दमक/राष्ट्रपति बिद्यादेबी भण्डारीले झापाको गौरादहस्थित महारानीझोडामा भएको नुमुना एकीकृत सहकारी खेती हरेक किसानहरुका लागि एउटा प्रेरणा भएको बताएकीछन् ।

बुधबार महारानीझोडा साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको नमुना एकीकृत सहकारी खेती अवलोकन गर्दै यहाँ भएको प्रयासबाट आफु प्रभावित भएको बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो नेपालकै पहिलो कृषि पर्यटकीय क्षेत्र समेत हो । नेपाली सेनाको हेलिकप्टरमा आएकी उनी एक घण्टासम्म यहाँ रहेकी थिइन् ।

उनले कृषिको आधुनिकरण गर्न सबै लाग्नु पर्ने बताइन् । युवाहरुलाइ यसमा आकर्षण गर्न सक्नु पर्ने भन्दै उनले कृषिमा मुलकलाइ आत्म निर्भर बनाउनु पर्नेमा जोड दिइन् । सोहि अवसरमा गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाइ अभिनन्दन पनि गरेको थियो । नगरप्रमुख रोहितकुमार शाह र उपप्रमुख गीता भेटवालले भण्डारीलाइ सम्मान सहित अभिनन्दन गरेका थिए ।

सहकारी अध्यक्ष मीना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की लगायतले बोलेका थिए ।

सहकारीका सदस्य मित्रदेव काफ्ले स्वागत मन्तब्य राखेका थिए ।