दमक/ब्लड क्यान्सरबाट पीडित झापा दमककी एक किशोरीको मृत्यु भएको छ ।
१० बर्षको उमेरमा ब्लड क्यान्सरबाट पीडित बनेकी दमक ८ की स्यारोन लिम्बुको १५ बर्षको उमेरको मृत्यु भएको हो । उनलाइ ४४ महिनासम्म लगातर रुपमा किमो थेरापी गरिएको र एकपटक क्यान्सर निको भएको परिवारले जनाएको छ ।
निको भयो भने ढुक्क भएकोमा फेरी क्यान्सर देखिएपछि आफुहरु छाँगाबाट खसे झै भएको बुबा धु्रवकैलाश लिम्बुले जनाए ।
आफुसंग भएको जायजेथा बेचेर उनले उपचार गरेका थिए । फेरी क्यान्सर देखिएपछि भने उनले भनेजस्तो उपचार गर्न सकेनन् ।
ब्रोन म्यारो प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिए पनि ३० लाख रुपिया लाग्ने भएपछि परिवारले सहयोग मागेको थियो ।
भन्दा बढि खर्च हुने भएकाले त्यो रकम नभएकाले समस्या भएको लिम्बुले जनाए । उनले सबैलाइ सहयोगका लागि अपिल गरे ।
स्यारोन कक्षा ९ मा अध्ययनरत थिइन् ।










