दमक /नेकपा माओबादी केन्द्रका संयोजक गोपाल किँरातीले प्रचण्डले धोका दिएको बताउदै जनबिद्रोहको कार्यभार आफुहरुले पुरा गर्ने बताएकाछन् ।

झापाको दमकमा विहिबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकमा भएको संघीय परिषदको बैठकको निर्णय सार्वजनीकरण कार्यक्रममा बोल्दै उनले मोहन बैध, र बिप्लवसंग पार्टी एकताका लागि कुरा भइरहेको पनि बताएकाछन् ।

उनले आफुहरुको महाअधिवेसनपछि यस बिषयमा थप ध्यान दिइने उनको भनाइ थियो ।

उनले आफुहरुको लक्ष्य शशस्त्र बिद्रोहको माध्यमबाट जनताको सत्ता स्थापित गर्ने भएको जनाए ।

हामी बिद्रोको कार्यभार पुरा गर्छौ र यसका लागि हतियार उठाउन पनि तयार बन्दैछौ । मुख्य नारा नै महान जनबिद्रोहको तयारीमा अघि बढौ रहेको जनाउदै यसको संकेत त्यहि भएको उनले बताए ।

उनले हतियार उठाउनका जग बलियो बनाउने दाबी गरे ।