काठमाडौँ, १९ पौष । पछिल्लो समय मन्त्री परिषद्ले गरेका निर्णयहरु आज सार्वजनिक गरेको छ ।

सञ्चार तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता समेत रहनुभएका गोकुल बास्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्ले गरेको निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्णयहरु

विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक संघिय संसदमा पेश गर्ने, सार्वजनिक विदा सम्बन्धी कार्यदल गठन, साक्षर वर्ष २०७६ अवधारण पत्र स्वीकृत, जेष्ठ नागरिक सम्बन्धी बनेको विधेय संसदमा पेश गर्ने, नागरिक लगानी कोष सम्बन्धी बनेको विधेयक संसदमा पेश गर्ने, स्थानीय तहमा खेलकुद सम्बन्धी कार्यविधि स्वीकृत, राष्ट्रिपति जीविकोपार्जन उत्थान कार्यविधि स्वीकृत, विभिन्न परियोजनाको लागि वन क्षेत्र उपयोग गर्न अनुमती प्रदान, मुक्त कमैया हटाई वसोवास क्षेत्र स्थापना गर्न स्वीकृति, गोरखापत्र संस्थाका सल्लाहकार सम्पादकमा, विभिन्न अस्पतालमा विसेशज्ञ सहितको स्वीकृती ।