दमक/सन् २०१९ का लागि दमक जेसिजको उम्मेद्वारहरुको तालिम र अन्तरवार्ताको काम सकिएको छ जनाइएको छ ।

शुक्रबार साधरणसभा तथा ककस हुदैछ । त्यो भन्दा अगावै सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जनाइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

५ जनाको उम्मेद्वारी रहेपनि भीमराज केसी र गोपाल गुरागाइको पल्लाभारी रहेको जनाइन्छ ।

२ जनामध्ये एकजना सर्वसम्मत रुपमा ल्याउन प्रयास भएको दमक जेसिजका एक पुर्व अध्यक्षले बताए । दुबैजना नमिलेको अवस्थामा कतिपय प्राविधिक समस्या रहेकाले तेश्रो ब्याक्तिको खोजी हुनसक्ने पनि चर्चा छ ।

यसले अध्यक्षको आँकाक्षा राख्ने उम्मेद्वारहरु समेत त्रसित रहेकाछन् । सुयोग खरेल, सीता कार्की र कमल कट्वाल तीनैजना महासचिव बन्ने दाउमा रहेको जनाइन्छ ।

कुनै एकलाइ समर्थन गर्ने र त्यसको महासचिव बन्ने तीनजनाको भित्रि सोच रहेको हुनसक्ने जेसिज सदस्यहरुको भनाइ छ ।

अध्यक्षमा सर्वसम्मत भएको अवस्थामा अन्य पदहरुमा स्वत मिल्ने जनाइन्छ ।

तस्बिरमा कार्यकारिणी उपाध्यक्षका उम्मेदवार अनिस उप्रेती, नीरज आचर्य र सञ्जिव बराल