दमक/दमक जेसिजको अध्यक्षमा सर्वसम्मत रुपमा भीमराज केसि निर्वाचित भएकाछन् । ५ जनाले दाबी गर्दै आएका थिए ।
गोपाल गुरागाइ र केसिबीच सहमति खोज्ने प्रयास भएको थियो ।
शुक्रबार अबेर ४ गुरागाइ सहित ४ जना अध्यक्षका दाबेदारहरुले केसिलाइ समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएका थिए ।
यो संगै जेसिजको नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको बताईएको छ ।
कमल कट्वाल, सुयोग खरेल र सीता कार्कीले सहमतिका लागि भन्दै ककसमा गएर उम्मेदवारी फिर्ता लिएका थिए ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा सञ्जिब बराल र निरोज आचार्य निर्वाचित भएकाछन ।
नवराज उप्रेतीले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत अवस्था आएको हो ।
यता ४ उपाध्यक्षमा रामचन्द्र अधिकारी, सुमन कोइराला, उमेश गजमेर रसन्दिप बस्नेत निर्वाचित भएकाछन् । शान्ती पौड्यालले सर्वसम्मतका लागि आफ्नो उम्मेदवारी फिर्ता लिइन
जन सम्पर्क अधिकारीमा विदुर नेपाल निर्वाचित भएकाछन् । राजकुमार अग्रवालले उम्मेदवारी फिर्ता लिएकाछन् ।
तालिम निर्देशकमा रमेश लुइटेलको मात्र उम्मेदवारी परेकाले उनि सर्वसम्मत रुपमा निर्वाचित बनेकाछन् ।










