दमक/झापाको कमल गाँउपालिकामा दुइवटा मोटरसाइकल दुर्घटनामा परेकाछन् ।

कमल ५ नमुना चोक स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्व बाट पस्चिम तर्फ आउदै गरेको मे ५ प ५२५४ नम्बरको मोटरसाइकल र भित्री बाटो बाट आउदै गरेको बा ६१ प ४८६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना हुँदा बा ६१ प ४८६७ नम्बरको मोटरसाइकल चालक कमल ५ बस्ने ५२ बर्षिय चन्द्र मणी अधिकारी घाइते भएकाछन् ।

उनको दमक हस्पिटल दमकमा उपचार भई रहेकोप्रहरीले जनाएको छ ।

मे ५ प ५२५४ नम्बरको मोेटरसाइककल चालक झापा शिवसतासी नगरपालिका १ बस्ने ४२ बर्षिय कमल श्रेष्ठको लाइफ लाइनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।