काठमाडौं । कतार सरकारले पुस १८ देखि आफ्नै म्यानपावर कम्पनी सञ्चालन गरेको छ । ‘वाजा’ नामक सो कम्पनीबाट अब कतारले आवश्यक विदेशी श्रमिक आफै भर्ना गर्नेछ ।

कतार जाने श्रमिकको भर्ना प्रक्रियामा ठगी, करारपत्रमा छली, तलबबिनै काम, अनुपयुक्त वासस्थान, श्रमिकबाट रकम असुलीलगायतका समस्याबाट हुने हैरानी रोक्न कतारी उद्योग तथा व्यापार मन्त्रीको निर्णयमा कम्पनी सञ्चालनमा आएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि झण्डै २ सयभन्दा बढीले सम्बद्ध देशका म्यानपावरसँग समन्वय गरी श्रमिक लैजाने गरेकोमा अब ‘वाजा’ले नै रोजगारदातालाई आवश्यक श्रमिक उपलब्ध गराउनेछ । कम्पनीको शाखा कार्यालय विभिन्न स्रोत देशमा राखिने र नेपालमा पनि कार्यालय स्थापनाका लागि तयारी भइरहेको जनाइएको छ । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।