विष्णुप्रसाद पोखरेल दमक । नेपाली काँग्रेसका युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद सामधान भएको बताउनु भएको छ । उहाँले महासमिति बैठकसंग गुटबन्दि र समस्या अन्त्य भएको भन्दै अहिलेदेखि नै निर्वाचनमा जुटनका लागि उहाँले आग्रह समेत गर्नु भएको छ । पार्टी भित्र सांगठनिक र राजनीतिक एकता भइसकेको छ, उहाँले भन्नुभयो ।

विभिन्न कार्यक्रममा सहभागि हुन झापा आउनु भएका शर्माले निर्वाचनमा हार बोहोरेको नसम्झि जनताको घरमा गएर दुखपीडा बुझ्नका लागि कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो । जनप्रतिनिधि र पार्टीका तपाइ आम कार्यकर्ता मिलेर गाउँका कुनाकुनामा पसेर जनताको दुखमा साथ दिनुहोस, आँउदो चुनावमा हामी अघि बढ्छौ, उहाँले भन्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिलेको कम्यूनिष्ट सरकारसंग जनताको अपेक्षा धेरै रहेको भएपनि केहि काम नभएका कारण जनता निराश बनेको भन्दै यसको फाइदा काँग्रेसलाइ भएको उहाँले जनाउनु भयो । जनअपेक्षा अनुसार काम हुन नसक्दा जनतामा नैराश्यता छ, अब यो अवस्थामा पार्टीलाइ दर्बिलो बनाएर लैजान हामी एकजुट बन्नुपर्छ, उहाँले भन्नुभयो ।

प्रवक्ता शर्माले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्ष भएर जनताका अधिकार र समृद्धिमा सक्रिय भूमिका निर्वाह गरेको पनि बताए । हामी रचानत्मक रुपमा प्रतिपक्षको भुमिका निर्वाह गरेका छौ, यसलाइ सरकारले कमजोरी ठान्नुहुन्न, शर्माले भन्नुभयो । सरकारका दिनप्रतिदिन जनताबाट टाढिदै र आफै अलोकप्रीय बन्दै गएको छ, उहाँले भन्नुभयो ।

अधिनायकवादी चरित्र प्रधानमन्त्री केपी शर्मा ओली देखाउदै गएको पनि शर्माले टिप्पणी गर्नु भएको छ । राजा पनि आफ्नो चरित्र र ब्यवहारले समाप्त भएको भन्दै उहाँले यसको हेक्का राख्न प्रधानमन्त्री ओलीलाइ सुझाव दिनु भयो । जनताको मर्म र भावाना अनुसार काम नगर्दा नै राज फ्यालिएकाहुन्, यो उहाँले पनि बुझ्नु जरुरीछ, ओलीप्रति लक्षित गर्दै शर्माले भन्नुभयो ।

काँग्रेसले कहिले पनि हारमा बदलातको भावाना नसोचेको भन्दै आफुलाइ बदल्ने सोच राखेको शर्माले जनाउनु भयो । हामीले अब बदलाको भावाना होइन, हामी आफुलाइ बदल्ने सोच राखौ र अघि बढौ, शर्माले भन्नुभयो । काँग्रेस अब हिजोजसरी नजानेर बदलिएर जाने उहाँको भनाइ थियो ।