दमक/झापाको दमकमा आउदो पुस २८ गते हुन गइरहेको दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चुनाव स्थानीय तहको झल्को मेटाउन खालको बनेको छ ।

सामाजिक सञ्जालदेखि लिएर घर घरमा गएर भोट माग्ने काम शुरु भएको छ । फकाउने देखि लिएर थर्काउनेसम्मका कामहरु शुरु भएकाछन्, एक खानेपानी उपभोक्ताले भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुइवटा प्यानल बनाएर खानेपानीमा उम्मेदवारी दर्ता भएको छ । एकातर्फ नेकपा र राट्रिय प्रजातन्त्र पार्टी र अर्कोतर्फ काँग्रेस र अन्य साना राजनीतिक दलहरुको गठबन्धन रहेको छ ।

दुबैतर्फ राजनीतिक दलका उच्चतहका देखि लिएर जिल्ला र नगर तहका नेताहरु नै उम्मेदवार रहेकाछन् ।

खानेपानीको सुधार र स्तरउन्नतीका लागि आफुहरुको उम्मेदवारी रहेको उनिहरुको भनाइ छ ।