दमक/पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा संगठन बिस्तारमा नेकपा माओबादी केन्द्र लाग्न थालेको छ । स्थानीय निकायको र त्यसपछि प्रदेश तथा केन्द्रको निर्वाचनमा आफ्नो पार्टीलाई दर्बिलो राख्न माओबादीले अभियान शुरु गरेको हो । माओबादी नेता श्रीकान्तका अनुसार क्षेत्र नं. ७ लगायतका झापा जिल्लाभर नै अब संगठन बिस्तार सुदृणिकरण अभियान चलाउन शुरु गरिएको छ । यसले कार्यकर्ताहरुलाइ संगठित गर्नेछ । पार्टीको सगठन कमजोर भएको भन्दै आलोचना भएपछि माओबादीले अब सबै शक्ति संगठन बिस्तारमा लगाउने उनको भनाइ छ । माओबादीका अर्का नेता गगन पुरीका अनुसार स्थानीय निर्वाचन देखि लिएर सबै निर्वाचनमा पार्टीलाई एकनम्बर बनाउनका लागि पार्टी सुदृणिकरण संगै संगठन बिस्तार अभियान चलिरहेको छ । झापाको दमकमा बर्षमान पुन अनन्तले अब निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिएकाछन् । उनले सरकार बिरुद्ध एमालेले भ्रम फैल्याएको भन्दै गर्जिएका थिए । माओबादी केन्द्र र सरकार अहिले निर्वाचनको पक्षमा रहेको भन्दै राष्ट्रियताको ठेक्क कसैको नभएको भन्दै आफ्नो पार्टीलाई कसैले सिध्याउन नसक्ने भन्दै गर्जिएका हुन् ।
दमकमा गर्जिए नन्दकिशोर
सवाल नेपालसंवाददाताशुक्रबार, २६ माघ २०७३

दमकमा गर्जिए नन्दकिशोर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



