दमकमा हुने प्रदेशस्तरीय बालमहोत्सव प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
दमक/झापाको दमकमा आउदो माघ १७ गतेदेखि शुरु हुने प्रदेशस्तरीय बालमहोत्सव उद्घाटनकालागि प्रधानमन्त्री केपी शर्मा ओली दमक आउने तयारी भएको बताईएको छ ।
दमक नगरपालिकाको बोर्ड बैठकले प्रधानमन्त्री ओलीलाइ प्रमुख आतिथ्यका लागि बोलाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
आफ्नोे निर्वाचन क्षेत्रमा हुन लागेको महोत्सवको बारे ओलीले चासो लिएको महोत्सव मुल आयोजक समिति संयोजक समेत रहनु भएकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।
ओलीलाइ प्रमुख अतिथिको रुपमा आमन्त्रण भइसकेको र उहाँले आफु कार्यक्रममा सहभागि हुने जनाएको नगरपालिका श्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली मेची पुलको उद्घाटनका लागि आउने र सोहि क्रममा दमक आउने कार्यक्रम यस अघि रहेकोमा त्यो अन्तिम समयमा स्थगित भएको थियो ।-विष्णुप्रसाद पोखरेल











