दमक/संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास भएपछि यसले राजनीति र सामाजिक क्षेत्रमा ठुलो तंरग पैदा भएको छ ।
विधेयमा असन्तुष्टि जनाउदै बारम्बार अनसन बस्दै आएका डा. गोविन्द केसीले फेरी अनसन शुरु गरेकाछन् भने पक्ष र बिपक्षमा खुलेर बहस शुरु भएको छ । सामाजिक सञ्जालहरु यहि बिषयले भरिएकाछन् ।
यो विधेयकले झापालाइ पनि छोएको छ । त्यसमा पनि दुर्गा प्रशाइ पनि चर्चामा आएकाछन् । प्रशाइले खोलेको बिएण्डसि अस्पतालले अब मेडिकल कलेजको लागि मान्यता पाउछ त ? यो प्रश्न खडा भएको छ ।
एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाइने छैन। तर, यो व्यवस्था आसयपत्र लिइसकेका काठमाडौँबाहिरका मेडिकल कलेजका हकमा लागू हुने छैन, भन्ने विधेयकमा रहेकाले बिएण्डसिलाइ सम्बन्धन दिन यसबाट बाटो खुला भएको ब्याख्या हुन थालेको छ ।
यस अस्पताललाइ काठमाडौं विश्वविद्यालय ले आसयपत्र दिइसकेको छ र यो पाउनु पर्ने मागमा प्रशाइ रहदै आएकाछन् । बिधेयक अब संसदबाट पास भएको अवस्थामा बिएण्डसि अस्पताल मेडिकल कलेज बन्नेछ ।










