विष्णुप्रसाद पोखरेल
दमक । स्थानीय एक नगरसंग भगिनी सम्बन्ध कायम राख्न भन्दै भmापा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना सहित ४ जना नगरपालिकाको खर्चमा इड्डल्याण्ड (बेलायत) जाने निर्णय भएको पाईएको छ । संघीय सरकारले विदेश भ्रमणलाइ कडाइ गरिरहेको र नजान आग्रह गरिरहेका बेला पुस २० गते नगरपालिका बोर्ड बैठकले नगर प्रमुख हरीकुमार राणा सहित प्रमुख प्रशासकीय अधिकृत र २ वडाध्यक्षको भ्रमणका लागि खर्च समेत पास गरेको पाईएको हो ।
निर्णयमा वडाध्यक्षको नाम नतोकिएको भएपनि वडा नं. २ का वडाध्यक्ष रघुनाथ खनाल र वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम जाने निश्चित बनेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका सूचना अधिकारी डेनजोनी आचार्यका अनुसार अप्रील ३ मा कार्यक्रममा सहभागि हुने गरी नगरपालिकाको टोली इड्डल्याण्डको वेल्वरहैम्प्टन नगर जान लागेको हो ।
प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेले पनि टोलीमा जानु हुनेछ । ५ दिनको भ्रमण नगरपालिका बोर्ड बैठकले पारित गर्दै यसका लागि रकम समेत छुट्याएको छ । आउदो अप्रिल ३ मा जानका लागि बोर्ड बैठकले टिकटका लागि एकमुष्ट ५ लाख र ७ दिनको भत्ताका लागि २ हजार ५ सय ५५ रुपिया अमेरीकी डलर बजेट व्यहोर्ने निर्णय भएको पाईएको छ ।
वेल्वरहैम्प्टन सिटी काउन्सिलले अर्जुनधारा नगरपालिकासंग भगिनी सम्बन्ध स्थापना गर्न औपचारिक निर्णय गरी प्रारम्भिक चरणको सम्झौता (एम.ओ.यु.) गर्न औपचारिक निर्णय गरेकाले त्यहाँ जान लागिएको नगर प्रमुख हरीकुमार राणाले बताउनु भयो । त्यहाँस्थित नेपालका राजदूत डा.दुर्गाबहादुर सुवेदीमार्फत उक्त निर्णय स्वागत गर्दै जान लागिएको राणा को भनाइ रहेको छ ।
राजदूत सुवेदी अर्जुनधारा नगरपालिकाको स्थानीय नै रहेकाले यो सहज भएको समत बताइन्छ । उक्त भ्रमणका लागि प्रदेश सरकारसंग सहमतिका लागि पत्र पठाएकाछौ र त्यहाँपछि केन्द्र सरकारसंग अनुमति लिन्छौ, नगर प्रमुख राणाले भन्नुभयो । हामीले निर्णय गरेर स्वीकृतका लागि प्रक्रियामा रहेका छौ, उहाँले भन्नुभयो ।
सोहि बैठकले कोइका इन्टरनेशन कोअपरेसन एजेन्सिबाट नगरपालिकालाइ दुइजना स्वयंसेवक उपलब्ध गराउन सक्ने भनेर इमेल पठाएको भन्दै त्यसका लागि वालबालिका सम्ब्न्धि १ जना र पर्यटनसंग सम्बन्धित १ जना उपलब्ध गराउनका लागि नेपाल सरकार मार्फत अनुरोध गर्ने समेत निर्णय भएको पाईएको छ ।











