विष्णुप्रसाद पोखरेल
दमक/झापा जिल्लाको साविक महारानीझोडा, लखनपुर, सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिको अध्यक्षमा शिवसतासीधाम–३, धरमपुर, झापाका राधाकृष्ण खनाललाइ सरकारले नियुक्त गरेको छ ।
समितिको सदस्यमा मदन प्रसाद अधिकारी नियुक्त भएकाछन् । यहाँ बर्षौदेखि रहेको अब्यवस्थित बसोबास तथा जग्गाको समस्या सामधान गर्नका लागि समिति बनेको बताइएको छ । खनाल र अधिकारीलाइ यो जिम्मेवारी दिइएपछि यस क्षेत्रको समस्या सामधान हुनेमा स्थानीयहरु आशाबादी बनेकाहुन् ।
यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जनाएकाछन् ।
मन्त्रिपरिषद बैठकको निर्णय यस्तो छ
झापा जिल्ला महारानीझोडा, लखनपुर, सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिको अध्यक्षमा शिवसतासीधाम–३, धरमपुर, झापाका श्री राधाकृष्ण खनाललाई र समितिको सदस्यमा हाल गौरादह नगरपालिका–५, झापाका श्री मदन प्रसाद अधिकारीलाई तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।











