दमक/झापाको दमकमा भोली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको भोली निर्वाचन हुदैछ ।

एउटा उपभोक्ता संस्थाको निर्वाचनमा राजनीतिक दलहरुले ठुलो लडाइको रुपमा हेरेर जीत हासिल गर्न अधिकतम प्रयास गरेको पाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घरदैलो देखि लिएर पर्चा पम्लेट बाड्ने मात्र होइन माइक घन्क्याएर भोट माग्नेसम्मका कामहरु भएकाछन् । निर्वाचन प्रचारशैली भड्किलो देखिएको छ ।

राप्रपा सहितको नेकपा र काँग्रेस सहितका साना राजनीतिक दलका दुइ प्यानल अहिले निर्वाचनको प्रतिस्पर्धामा रहेकाछन् । दुबै पक्ष आफुहरुको अवस्था बलियो रहेको दाबी गरिरहेकाछन् ।

झापाका दुइजना राजनीतिक रुपमा परिचित राम थापा र घनेन्द्र सुब्बा पनि दुइ प्यानलमा उठेकाछन् ।

यसले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा थप रौनकता ल्याएको छ । यसले दुइजनाको शक्ति मापन हुने र कस्को पक्षमा माहोल आउला भनेर अहिले चासो पुर्वक हेरिएको छ ।

उम्मेदवारहरुमध्ये थापा र सुब्बा राजनीतिक रुपमा उच्च तहका नेताहुन् ।