दमक नजिकै कमल गाँउपालिकामा यात्रुवाहक बस र कार जुध्यो, एकजनाको गयो ज्यान दमक/आज झापा कमल गाँउपालिका ४ ज्योतीचोकमा पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको को १ ख ४४०७ नम्बरका को यात्रु बाहक बस र बिपरित दिशाबाट आउदै गरेको मे १ ज १६८१ नम्बरको कार एकआपसमा ठक्कर खाएर दुर्घटना भएको छ ।
दुर्घटनामा परेर कारमा सवार रहेका यात्रु पाँचथर लोलीमा गाँउपालिका बस्ने बर्ष ५०का भिमबहादुर बुढाथोकीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कार चालक ईलाम फाकफुक गाँउपालिकाका १ बस्ने बर्ष २३ को अमृत खड्का घइते भएकाछन् ।
गम्भिर घाँइते बुढाथोकीको न्यूरो अस्पतालमा उपचारको क्रममा ज्यान गएको बताइन्छ । तत्काल दमक अस्पतालमा उपचारका लागि लगिएपनि यहाँ उपचार सम्भव नभएपछि न्यूरो पठाइएको थियो ।











