स्थानीय निर्वाचनको झल्को मेटाउने गरी खानेपानी उपभोक्ताको चुनाव हुँदै
दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दमकको निर्वाचन स्थानीय तथा संसदीय निर्वाचनको झल्को देखिएको छ ।
आज शनिबार बिहानैदेखि मतदाताहरुको लाइन पृथ्वी माबिमा लागेको पाईएको छ ।
बाहिरपटि स्थानीय पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ भने उम्मेदवारहरु आफ्नो पक्षमा भोट दिन आग्रह गर्दै मत मागिरहेकाछन् ।
चुनावी रौनकले आसपासको क्षेत्र भिडभाड रहेको छ ।
अपरान्ह ३ बजेसम्म निर्वाचनको समय रहेको जनाईएको छ ।
४५ सयभन्दा बढि मतदाताहरुले मत खसाल्दैछन् । सुरक्षा ब्यववस्था समेत कडा पारिएको छ ।











