दमक/खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था दमकको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएको छ ।

भोली आइतवार विहानदेखि मतगणना शुरु गरिने सहमति भएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय निर्वाचनको झल्को दिनेगरी दुइ प्यानल बनाएर उम्मेदवारहरु निर्वाचनमा गएका थिए ।

राप्रपा सहितको नेकपाको एउटा प्यानल र साना राजनीतिक दलहरु सहितको काँग्रेस प्यानल निर्वाचनमा गएको हो ।

ठुला राजनीतिक दलहरुले निर्वाचन यसलाइ आफुहरुको अस्तित्वको लडाइको रुपमा निर्वाचनलाइ लिदै उपभोक्ताहरुलाइ त्यसै अनुसार मत मागेका थिए ।

निर्वाचनस्थल पृथ्वी माबिमा राजनीतिक दलका स्थानीय नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

निर्वाचन समितिका सदस्य लीला गुरागाइका अनुसार अपरान्ह साढृ ४ बजे निर्वाचन सकिएको छ । निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको गुरागाइले जनाए ।

४ हजार ५ सय ५९ मतदाताहरुमध्ये ३ हजार ६ सय ७८ मत खसेको छ ।

निर्वाचनपछि मिश्रित परिणाम आउन सक्ने आँकलन गरिएको छ । राजनीतिक दलका शिर्ष नेताहरु समेत उठेकाले उनिहरुको क्षेत्रको परिणामलाइ चासो पुर्वक हेरिएको छ ।

अध्यक्षको दाबेदारको रुपमा गणेश बस्नेत र घनेन्द्र सुब्बालाइ लिइएको छ ।