दमक/हरित नगर घोषणा भएको दमकमा सडकहरुमा रहेका हरिया रुखहरु एकपछि अर्को गर्दै उखेल्न थालिएको छ ।

मुख्य चोक र भित्रि सडकमा रहेका हरिया रुखहरु जेसिभि लगाएर उखेल्ने काम भएको स्थानीयले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिला नगरपालिकाले नै रोपेका रुखहरु अहिले नगरपालिकाले नै हटाएको भन्दै स्थानीयले असन्तुष्टि पनि पोख्ने गरेकाछन् ।

हरिया रुखहरु जोगाएर काम गर्नलाइ नगरवासीको अनुरोध रहेको छ । एकातिर गमलाका फुलहरु हराउने नगरपालिकामा अर्कातिर हरिया रुखहरु जेसिभिले उखल्ने कार्य देखेर छक्क पर्न पर्ने गरेकाछन् ।

हरित नगरमा हरिया रुखहरु काटिएपछि कस्तो बन्दा हरित नगर ?