दमक/प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिब इन्द्र भण्डारी, शहरी विकास मन्त्रलायका सचिब रमेश सिंह, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना लगायतको टोली दमकको भ्यू टावरस्थलको अवलोकन गरेको छ ।

स्थानीयहरुसंग यसको निर्माण लगायतको बिषयमा छलफल समेत गरेको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

माघ महिनाभित्रै निर्माणका लागि टेण्डर प्रक्रियामा जान लागिएको सो अवसरमा जानकारी गराइएको थियो । ,स्थानीयले लामो समयमा पनि निर्माण नभएको भन्दै असन्तुष्टि पोख्दै आएकाछन् ।

सो संगै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रभित्रका अन्या योजनाहरुको प्रगती तथा कामको अवस्थाबारे मन्त्रलायको अधिकारीहरु सहित अनुगमन भएको भण्डारीले जानकारी दिए ।

यसैगरी नगरपालिकाका प्रमुख रोमनाथ ओली, वडाध्यक्षहरु सहितले दमकमा धमाधम निर्माण भइरहेको दमक सभाहलको समेत निरीक्षण गरेकाछन् । अहिलेसम्मको प्रगती विवरण हेरिएको थियो ।