को बन्ला दमकमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष ?
दमक/दमकको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नेतृत्वमा अब को आउला भनेर बहस शुरु भएको छ ।
आज भएको निर्वाचनमा नेकपा गठबन्धनलाइ हराएर काँग्रेस गठबन्धनले अधिकाँश ठाँउमा बिजयी हासिल गरेकाले अब नेतृत्व काँग्रेसको हातमा निश्चित छ ।
नेकपाका पशुपतिराज गौतमले लामो समय नेतृत्व गरेको खानेपानीमा अब नेतृत्व फेरिदै छ ।
नेकपाबाट गणेश बस्नेत र काँग्रेसबाट घनेन्द्रराज सुब्बालाइ अध्यक्षको रुपमा हेरिदै आएको थियो ।
बस्नेत रोशन गौतमसंग ४ मतले पराजित बनेकाछन् । सुब्बा बिजयी भएकाछन् ।
अब सुब्बा अध्यक्ष बन्ने सम्भावाना रहेको बताइन्छ । यद्यपी हरी सुवेदीको नाम पनि चर्चामा रहेको छ ।










