१ फागुन– जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्बाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार बिहान मात्रै मन्त्रिपरिषदको बैठक आकस्मिक रुपमा बसी चन्दलाई प्रहरी प्रमुख नियुक्ति गर्ने निर्णय गरेको थियो । प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन नगराउन सो आदेश दिएको हो । सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मात्र चन्दलाई आइजीपी नियुक्त गरेका थिए । वरियता मिचेर आइजीपी नियुक्त गर्न लागिएको भन्दै सर्बाेच्चमा मुद्दा परेकाले सुनुवाई हुनुअघि नै चन्दलाई नियुक्त गर्न देउवाले दवाव दिएका थिए । देउवाको दवावपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै मन्त्रिपरिषद बैठक बसी नियुक्त गरेका थिए ।
आइजीपी नियुक्तिको बिषयमा अदालतको निर्णयले सरकार अप्ठेरोमा
सवाल नेपालसंवाददाताआइतबार, २८ माघ २०७३

आइजीपी नियुक्तिको बिषयमा अदालतको निर्णयले सरकार अप्ठेरोमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



