चक्रपाणी गौतम
माघे संक्रान्ति सनातन संस्कृतिमा सौरमास गणना अनुसार दशौ महिना र चन्द्रमास गणना अनुसार एघारौ महिना माघ महिना भनिन्छ । यो महिनामा मघा नक्षत्रले युक्त पूर्णीमा र सूर्य मकर राशीमाा प्रवेश गर्ने भएकाले यो महिनालाई माघ महिना भनिएको हो । ज्योतिष शास्त्र अनुसार सूर्यले आप्mनो कक्ष परिवर्तन गरेर दक्षिणायण बाट उत्तरायणको यात्रा प्रारम्भ गर्दछन ।
जुन राशीमा सूर्यको कक्ष परिवर्तन हुन्छ त्यसलाई संक्रमण वा संक्रन्ति भनिन्छ । शास्त्र अनुसार संक्रान्ति पर्वमा श्नान दान जप यज्ञ गर्दा पुण्य प्राप्त हुन्छ । आचार ग्रन्थहरुका अनुसार श्नान गर्दा पुण्य आर्जन हुनुका साथै स्वास्थ्यलाभ पनि हुन्छ । सूर्य मकर राशिमा प्रवेश गर्दा उत्तरायण प्रारम्भ हुन्छ अयन परिवर्तनको संक्रमण (संक्रन्ति) अरु संक्रान्ति भन्दा विशेष हुन्छ । उत्तरायण पछि अचानक गर्मी प्रारम्भ हुने संभावना अधिक रहन्छ ।संक्रान्तिका दिन श्नान गरेर जप या आप्mनो इष्ट देवताको एकाग्र चिन्तनले आगामी ऋतुकालिक मौसम परिवर्तन र यसबाट हुने कठिनाईबाट बच्ने ईच्छाशक्ति प्राप्त हुन्छ । यसकाराण जपको महत्व सर्बदा उपयुक्त मानिन्छ ।
माघे सग्रातीका दिन नदीकिनारमा गएर नुहाउने नियम रहेको छ । सूर्य पूर्व क्षितिजमा आप्mना प्रभावशाली अरुण आभा प्रवाह गर्दै ब्रह्म मुहुर्तमा अमृत तत्वलाई संचार गरिदिन्छन यसकारण चिसै भए पनि मकर संक्रान्तिको बिहानको श्नान अति ताप र उत्साह बर्धक मानिन्छ । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने ब्रह्म मुहुर्त नुहाउनका लागि सधैभरी अति उपयुक्त समय हो । प्रात काल पृथ्वी अति शान्त रहेको हुन्छ ।
लेखक: चक्रपाणी गौतम
सूर्योदयसंगै सूर्यरश्मीहरु क्रमसः जल , बायु र प्रकृतिमा समाहित हुन्छन र बस्तुमा रंग प्रबाहित गरिदिन्छन र आफै पनि सप्तरंगी बनिदन्छिन । यो अवस्थामा सूर्यरश्मी संश्लिष्ट जलश्नानले शरीर पवित्र बनाई दिन्छ र बाह्य अस्वस्थता समाप्त गरिदिन्छ । यस दिन नदी किनारमा कपडा र खानेकुराहरु दान गर्ने विधान रहेको छ । स्वभावैले जाडो महिनाका लागि उपयुक्त हुने न्याना कपडा दान गर्नु पुण्यको काम हो नै । दान गर्नाले धन घट्छ भन्नु स्वार्थी चिन्तन हो । दान यथासक्य गर्नु पर्दछ शास्त्रलेआपूmलाई नहुदा नहुदै अरुलाई दान गर्नु भन्दैन पनि । आपूmसंग भएको संम्पत्तिको दशांस दान पुण्य हो भन्दछ शास्त्रले, यसकारण दान यथाशक्ति गर्नु पर्दछ ।
अर्को कुरा संसाधनमा कसैको अधिकार हुदैन ।शास्त्र अनुसार पृथ्वीमा उब्जिएको कुनै पनि बस्तु आवश्यकता भन्दा अधिक राख्नु अपराध हो । संसाधनको अति भण्डारण रुपी पापबाट बच्न दान अनिबार्य छ । र मकर संक्रान्ति जस्तो विशेष र महत्वपूर्ण समयमा संरक्षित अन्न धन र कपडा दान गर्नु आध्यात्मिक र मानवीय दुबै दृष्टिकोणबाट उपयुक्त हो । संक्रान्ति कै दिन शरीरलाई तरोताजा र स्पूmर्ति राख्न विभिन्न प्रकारका सख्खरबाट बनेको चाकु , तीलका लड्डु ,तरुल सेवन गर्ने नियम छ । शिशिर याममा पाकेका यी खाद्य वस्तु वास्तवमै रक्तशोधन र शरीको मल नाश गर्ने हुन्छन यसकारण माघे संक्रन्तिमा भोजनको पनि महत्व बर्णन गरिएको हो ।
माघे संक्रातिका दिन विशेष गरेर नदी किनारहरुमा मकर मेला लाग्ने गर्दछ । ठूला नदीहरुमा विभिन्न स्थानबाट आएका श्रद्धालुहरु एक साथमा श्नान गरेर आपसमा आ आप्mना क्षेत्रमा उत्पादित बस्तुहरु किनबेच गरेर धन मात्र कमाउदैनन भिन्नभिन्न स्थानका विशेष बस्तुहरुको प्रबद्र्धनमा समेत सहयोग पुर्याछन । अलग अलग स्थानका भेसभुसा ,बोलीचाली र शिष्टाचार आदानप्रदान गर्ने तौर तरीका एकै ठांउमा सिक्ने मौका मिल्दछ । यस कारण बिभिन्न नदी किनारमा लाग्ने माघे मेलाले सांस्कृतिक समन्वय कायम गर्न अतुल्य सहयोग गर्दछ ।










