पर्वत, ३ माघ — पर्वतमा बिहीबार विहान भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा ३८ जना घाइते भएका छन् ।

बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस पर्वतको कुश्मा नगरपालिका— १ मालढुङ्गास्थित सुकुम्बासी टोलमा दुर्घटनामा परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना बिहान करिब सवा आठ बजे भएको हो । घटनास्थलमा रहेका पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ ।

घाइतेलाई बाग्लुङ र पर्वतका अस्पतालमा पठाइएको उनले जानकारी दिए । बाग्लुङ अस्पतालमा २२ जना घाइतेलाई पठाइएको छ ।

बस सडकबाट करिब ७० मिटर तल खसेको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।