काठमाडौं, ३ माघ – सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताउनुभयो ।
‘अब कागजको पानीजहाज होइन साँच्चै पानीजहाज चलाउन कार्यालय स्थापना गर्ने र कर्मचारीको दरबन्दी सिर्जना गर्ने निर्णय गरेका छौं,’ मन्त्री बाँस्कोटाले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालबाट पानी जहाजको टिकट काटेर घुम्न जाने र पहिलो भ्रमणमा आफ्ना आलोचकलाई लैजानेसमेत बताउनुभएको थियो ।
यसैगरी सरकारले रेलगाडी किन्न भौतिक पूर्वाधार मन्त्रालयलाई स्वीकृति दिने निर्ण समेत ग रेको छ । पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाल सरकारले जनकपुर– जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने तयारी गरेको बताउँदै आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय गरेको बताउनुभयो ।










