काठमाडौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आज बसिरहेको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिइराखेका छन् । आजको बैठकमा सांसदहरूले प्रधानमन्त्रीसँग सिधा प्रश्न सोध्न मिल्ने कार्यतालिका समावेश गरिएको हो ।

आज मध्यान्ह १२ बजेका लागि डाकिएको संसद बैठकमा प्रतिनिधिसभाको नियमावलीको परिच्छेद ९ को नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत पुस २२ गते प्रधानमन्त्रीले संसदमा संम्बोधन गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरुले प्रश्न राख्न नपाएको भन्दै संसद बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुखले संसद नियमावलीअनुसार अघि बढ्न सरकारलाई रुलिङ गरेका थिए ।

प्रधानमन्त्रीसँग प्रश्न राख्न चाहने सांसदले १ घण्टा अघि नै संसद सचिवालयमा प्रश्न टिपाउनुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीलाई सोधिएको प्रश्नमा सम्बन्धित मन्त्रीहरुले समेत जवाफ दिन पाउने सुविधा राखिएको छ । ओलीले आज संसदमा आफ्नो आसन्न स्विटजरल्याण्ड भ्रमणको जानकारी पनि दिनेछन् ।

हेर्नुस यस बैठकको लाइभ:

https://youtu.be/Tt3kPqp1VHU