जाडोमा बिपन्नको साहारा बन्यो लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वान
दमक/लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानले पुर्वी नेपालको झापा दमक लगायतका ठाँउहरुमा साढे ६ सय कम्मल न्यानो कपडा बितरण गरेको छ । दमकको गोलाटार नजिक सुकुम्बासी तथा गिटी कुट्ने १ सय ५० घरपरिवारलाइ लायन्सको टिम नै आएर कम्मल बितरण गरेको छ ।
लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वानका डिस्ट्रिक गर्वनर अनन्तप्रसाद भेटवाल, लायन्स लिडरहरु राजन खत्री, रेवत कार्की लगायतको सहभागितामा दमक सहित शितलहरबाट प्रभावित पुर्वका बिपन्न परिवारहरुलाइ साढे ६ सय कम्मल बितरण गरेको जनाईएको छ ।
लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानसंग आवद्ध काठमण्डौका क्लवहरुले यसका लागि सहयोग गरेको इन्टरनेशलका सेक्रेटरी रेवत कार्कीले बताए । उनले लायन्सले गरिबहरुको झुपडीमा खुसि दिनका लागि अन्य कार्यक्रमहरु समेत बिभिन्न समयमा गर्दै आएको पनि बताए ।

शितलहरबाट प्रभावितहरुको जाडोलाइ केहि हदसम्म भएपनि तातो बनाउन यो आफुहरुको प्रयास भएको डिस्ट्रिक गर्वनर भेटवालले बताएकाछन् । कम्मल लिन आएका अनुहारमा कम्मल पाएपछिको खुसि देख्दा मन छोयो, भेटवालले भने ।
लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वानका वातवरण चिफ बबरजंग थापाका अनुसार दमकमा अति बिपन्न १ सय ५० जनाले कम्मल पाएपछि मुहारमा खुसि लिएर फर्केकाछन् ।











