विष्णुप्रसाद पोखरेल दमक/झापा दमकका ब्यवसायी एवं १ सय ६ पटक रक्तदान गरेका रक्तदाता राजकुमार श्रेष्ठले शनिबार दमकमा रक्तदान कार्यक्रम राखेर आफ्नो जन्मदिन मनाए । त्यसको भोलिपल्ट आज आइतवार शिवसतासी नगरपालिकाकी सामाजिक परिचालक माया सापकोटाले पनि जन्मदिनमा आफु पनि रक्तदान गरिन् र रक्तदान कार्यक्रम पनि राखिन् ।
दमकका लोकप्रीय ब्यवसायी नेता समेत रहेका श्रेष्ठले आफ्नी छोरीसंगै शनिबार रक्तदान गरे । रक्तदान गरेर समाजमा अनुकरणिय छबि बनाएका उनले राखेको कार्यक्रममा ६७ जनाले रक्तदान गरे । श्रेष्ठ दमक तथा झापामात्र नभएर पुर्व कै उत्कृष्ठ रक्तदाता भएको भन्दै रक्तदानमा वडाध्यक्ष टेकबहादुर थापा सहितले प्रशंशा समेत गरेका थिए ।
यता सापकोटाले आयोजना गरेको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरे । वडा नं. ३ पारबारीमा भएको रक्तदानमा आएकाहरुले सापकोटालाइ जन्मदिनको शुभकामना दिदै अनुकरणिय काम गरेको भन्दै प्रशंशा पनि गरे ।
सापकोटाको कार्यलाइ हौसला दिन शिवसतासी नगरपालिका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपाल आफै कार्यक्रममा पुगेका थिए । सापकोटाले यो भन्दा अगाडिको जन्मदिन उर्लाबारीको नमुना बाल गृहमा मनाइएकी थिइन् ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका रक्तसञ्चार प्रमुख सिद्धार्थ शर्माका अनुसार बिभिन्न संघसंस्थाले आफ्नो बार्षिकोत्सवमा यसरी रक्तदान गरेपनि ब्याक्तिले जन्मदिनमा रक्तदान गर्न शुरु गरेको यो पहिलो पटक हो ।
यसले फरक रुपमा जन्मदिन मनाउने कार्यको थालनी भएको भन्दै उनले खुसि प्रकट गरे ।










