दमक/दमकका औषधि पसलहरुमा लागुऔषध बिक्री बितरण गरिरहेको सूचनाका आधारमा औषधि ब्यवस्था बिभाग बिराटनगरको टोलीले आज अनुगमन गरेको छ ।

अनुगमन गर्दा राशिका फार्मेसी र स्काइ मेडिकोमा लागुऔषधको रुपमा प्रयोग हुनसक्नेऔषधिहरु भेटिएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

औषधि ब्यवस्था बिभागका फार्मेसी सुपरभाइजर दीपेन्द्र खड्काका अनुसार औषधि पसललाइ मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको छ । स्काइ मेडिकोमा भने ताला लगाइएको छ ।

अधिकारी फार्मेसीमा अनुगमन भएपनि अनुगमन टोलीले केहि पनि भेटाएको थिएन ।

लकबुक राखेर दिनु पर्ने औषधि लकबुक नराखि दिएको पाईएको अनुगमन आएको बिभागको टोलीले जनाएको छ ।

औषधि पसलहरुले लागुऔषधको रुपमा प्रयोग हुने औषधिहरु र दर्ता बेगरको औषधि बिक्री गर्ने गरेको जनाइन्छ ।

अस्पतालका फार्मेसीमा मात्र बिक्री गर्नु पर्ने औषधि औषधि पसलहरुले बिक्री गर्दै आएकाछन् ।

हेर्नुहोस भिडियो :