दमक/झापाकै नमुना बिद्यालयको रुपमा रहेको हिमालय माध्यमिक बिद्यालयमा नयाँ प्रधानध्यापकको रुपमा ओमप्रसाद आचार्यले कार्यभार सम्हाल्न शुरु गरेकाछन् ।
उनलाइ निवर्तमान प्रधानध्यापक बिष्णुकान्त झाले बधाइ दिदै सफल कार्यकालको शुभकामना सहित आफ्नो कुर्सिमा पदस्थापन गरेको जनाईएको छ ।
नमुना बिद्यालय निर्माणका लागि करिब डेढ करोड बजेट आएको र त्यसको निर्देशिका अनुसार प्रधानध्यापक छनौटका लागि परिक्षा भएको बताइन्छ ।
परिक्षमा निवर्तमान प्रधानध्यापक झा र आचार्य सहभागि थिए ।













