दमक/झापाको नै नमुना बिद्यालयको रुपमा रहेको हिमालय माध्यमिक बिद्यालयमा नयाँ प्रधानध्यापक नियुक्ती भएपछि नेपाली काँग्रेस क्षेत्रिय समितिले यसको बिरोध गरेको छ ।

नमुना बिद्यालयको सञ्चालन कार्यबिधि अनुसार नयाँ प्रधानध्यापक नियुक्ती गरिएको बिद्यालय ब्यवस्थापन समितिले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झा र सहायक प्रधानाध्यापक ओमप्रसाद आचार्य प्रतिस्पर्धामा रहेका थिए ।

आचार्यले बढि अंक ल्याएकाले आचार्य प्रधानध्यापक नियुक्ती भएको र झाले नै पदस्थापन गरेको बताईएपनि नेपाली काँग्रेसले गलत प्रक्रियाबाट प्रधानध्यापक नियुक्त भएको भन्दै बिज्ञप्ति जारी गरेर बिरोध जनाएको हो ।

क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी र दमक नगरसभापति रोनश बिष्टले बिज्ञप्ति जारी गर्दै निर्णय सच्याउन माग गरेकाछन् ।