दमक/नगरपालिका वडा नं. ७ स्थित बस स्टेण्डको यात्रु प्रतिक्षालयमा एक महिला मृत फेला परेकीछन् ।
अन्दाजी ६० बर्षको जस्तो देखिने महिला यात्रु प्रतिक्षालयमा लडिरहेको अवस्थामा हेर्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आवश्यक प्रक्रियापछि महिलाको शव दमक अस्पताल लगिएको बताईएको छ ।
अहिलेसम्म उनको पहिचान नखुलेको प्रहरीले जनाएको छ । तराइमुलको जस्तो देखिने महिलाको मृत्युको कारण अनुसन्धान भइरहेको पनि प्रहरीको भनाइ छ ।










