
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
म्यानपावर व्यवसायीहरूबीचको आन्तरिक विवाद र प्रभावकारी कूटनीतिक पहलको अभावका कारण प्रमुख श्रम गन्तव्य मलेसियाको रोजगारी फेरि अनिश्चिततातर्फ धकेलिएको छ। मलेसिया सरकारले कामदार भर्ना प्रक्रिया व्यवस्थित गर्न नयाँ प्रणालीमार्फत २७५ म्यानपावर सूचीकृत गरेपछि नेपालमा सुरु भएको विवाद समाधान नभए विगतमा जस्तै रोजगारी ठप्प हुने जोखिम बढेको छ।










